+
+

हाजिर भएको एक घण्टामै प्रशासकीय अधिकृतको सरुवा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २१ गते २०:१८

२१ वैशाख, काठमाडौं । सर्लाहीको हरिपूर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको हाजिर भएको एक घण्टामै सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा कार्यरत शाखा अधिकृत शम्भु यादवलाई १४ वैशाखमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काजमा खटाएको थियो ।

यादव १७ वैशाखको दिउँसो १२ बजे हाजिर हुन पुगे तर हाजिर भएको एक घण्टा पछि उनी फर्किनुप¥यो । किनभने संघीय मामिला मन्त्रालयले साविककै जिम्मेवारीमा फर्किन भन्दै लेखेको पत्र पाएपछि उनी मुख्यमन्त्री कार्यालयमै फर्किएका छन् ।

किन टिक्दैनन् प्रशासकीय अधिकृत ? 

हरिपूर्वा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत टिक्न नसक्नु भने सामान्य जस्तै बनिसकेको छ ।

नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपानेलाई नगरपालिकाकै जनप्रतिनिधिले दुव्र्यवहार गरेपछि अहिलेको अवस्था आएको मेयर विनोद साह बताउँछन् । ‘न्यौपाने सरलाई नगरपालिकाकै वडाध्यक्षसहितका कर्मचारीले दुर्व्यवहार गरे, मेरो, प्रमुख प्रशासकीय अधिकृतको र लेखा प्रमुखको कोठाम ताला लगाएपछि उहाँ बस्नुभएन,’ मेयर साहले अनलाइनखबरसँग भने ।

न्यौपाने १५ चैत, २०७९ मा मिथिला नगरपालिका सरुवा भएपछि सामान्य प्रशासन मन्त्रालयले सञ्चार मन्त्रालयका उपसचिव ध्रुवराज आचार्यलाई २२ चैतमा हरिपूर्वा खटायो । आचार्य नगरपालिकामा हाजिर हुन नपुग्दै २९ चैतमै मन्त्रालयले फेरि यथावतकै कार्यालयमा खट्न निर्देशन दियो, उनी सर्लाही पुगेनन् । त्यसपछि पुगेका यादव एक घण्टामा सरुवा भएपछि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नै छैनन् ।

‘हाम्रै केही जनप्रतिनिधिहरुको असहयोगको कारण प्रमुख प्रशासकीय अधिकृत नै आएका छैनन् । उहाँहरुले नै केन्द्रसम्म लबिङ गरेर हाकिम आउन दिएका छैनन्’, मेयर साहले भने ।

उनले प्रशासकीय अधिकृत नहुँदा चालु आर्थिक वर्षका योजनाहरुमा भुक्तानी दिनै नसक्ने अवस्था आएको र प्रशासनिक काम पनि प्रभावित भएको बताए । नगरपालिकामा आर्थिक अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?