+

मनाङको मुख्य प्रशिक्षकमा विष्णु गुरुङ नियुक्त

२०८० वैशाख  २१ गते २०:१४ २०८० वैशाख २१ गते २०:१४
मनाङको मुख्य प्रशिक्षकमा विष्णु गुरुङ नियुक्त

२१ वैशाख, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबको मुख्य प्रशिक्षकमा विष्णु गुरुङ नियुक्त भएका छन् ।

क्लबले जारी सिजनसहित दुई वर्षका लागि गुरुङलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । नियुक्तिपछि गुरुङले भनेका छन्, ‘मनाङका लागि खेल्ने सपना थियो, अहिले त्यही क्लबको प्रशिक्षक बन्न पाउँदा खुसी छु ।’

१९ फागुनदेखि सुरु भएको शहीद स्मारक ए डिभिजन लिगमा मनाङले १३औं चरणमा आउँदा लगातार ६ हार व्यहोरेसँगै किरण श्रेष्ठले राजीनामा दिएपछि मनाङ प्रशिक्षक विहीन थियो ।

मनाङको प्रशिक्षक बनेका विष्णुयसअघि ए डिभिजन लिगको नवप्रवेशी टिम एफसी खुमलटारका टेक्निकल डाइरेक्टर थिए । उनले मनाङ जाने भएपछि बुधबार मात्रै राजीनामा दिएका थिए ।

एफसी खुमलटारमा राजीनामा दिएको भोलिपल्टै विष्णुलाई मनाङले प्रशिक्षक नियुक्त गरेको हो । १४औं चरणको खेल सकिँदा मनाङ १८ अंकसहित लिगको अंक तालिकामा ८औं स्थानमा छ ।

मनाङ मर्स्याङदी क्लब विष्णु गुरुङ शहीद स्मारक लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय