+
+

सुडानबाट उद्धार गरिएका १३ जना नेपाली काठमाडौं आइपुगे

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २१ गते २१:२८

२१ वैशाख, काठमाडौं । आन्तरिक द्वन्द्वले ग्रस्त मुलुक सुडानबाट उद्धार गरिएका १३ जना नेपाली काठमाडौं आइपुगेका छन् । साउदी अरेबिया र चीनको सहयोगमा उद्धार गरिएका १३ जना नेपाली काठमाडौं आइपुगेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार इजिप्टको राजधानी कायरोस्थित नेपाली दूतावासको सम्पर्कमा आएका ३१ जना नेपालीमध्ये १९ जना साउदी अरेबियाको जेद्दा पुगेका थिए । जेद्दा पुगेका १९ जनामध्ये ६ जनाले आफ्नै इच्छाले रोजगारदाता कम्पनीको यूएईको दुबईमा रहेको शाखामा स्थानान्तरण भएर उतै बसेका छन् । बाँकी रहेका ९ जनालाई भारतको सहयोगमा पोर्ट सुडानबाट भारतको अहमदाबाद ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।

चिनियाँ कम्पनीमा कार्यरत एक नेपालीको यसअघि नै उद्धार भइसकेको थियो ।

साथै, कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा आएका तीन जनामध्ये १ जनाले पोर्ट सुडानमा नै र दुई जनाले इजिप्ट र सुडानको सीमामा सुरक्षित रहेको भन्दै उतै रहन चाहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

संयक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीहरूको पनि यसअघि नै सुरक्षित उद्धार भइसकेको मन्त्रालयले जनाएको छ ।

सुडानमा अलपत्र परेका नेपाली नागरिकको उद्धार कार्यमा परराष्ट्र मन्त्रालय तथा कायरो, रियाद र जेद्दास्थित नेपाली नियोगहरुबाट सक्रिय रूपमा समन्वय र सहजीकरण भएको भन्दै परराष्ट्र मन्त्रालयले उद्धार प्रक्रियामा सहयोग पुर्‍याउने छिमेकी मित्रराष्ट्र भारत, चीन र मित्रराष्ट्र साउदी अरेबिया सरकारप्रति धन्यवाद व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?