+
+

अनमोल फिड्सका चार्टर्ड अकाउन्टेन्ट रावल पक्राउ, रुङ्गटा फरार

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २२ गते १०:२७

२२ वैशाख, चितवन । चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेलको मृत्युबारे अनुसन्धान गर्न प्रहरीले अनमोल फिड्सका चार्टर्ड अकाउन्टेन्ट जीवन रावललाई पक्राउ गरेको छ ।

बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ का ३६ वर्षीय रावललाई बिहीबार बाराको जितपुर सिमरा उपमहानगरपालिका-२ बाट प्रहरीले पक्राउ गरेको हो । कतिपय हिसाब नै लुकाएर त कतिपय कँडेलका कमजोरीहरु प्रदीप रुङ्गटालाई भनेर उनीहरुबीच तनाव ल्याउने काम गरेको आरोप रावलमाथि छ ।

कँडेलका व्यापार साझेदार प्रदीप रुङ्गटा र चार्टर्ड अकाउन्टेन्ट रावलविरुद्ध कँडेलका परिवारका सदस्यले प्रहरीमा किटानी जाहेरी दिएका थिए । रुङ्गटा भने फरार छन् । रुङ्गटाको खोजी भइरहेको चितवन प्रहरीले जनाएको छ ।

नेपाली कांग्रेस चितवनका पूर्वकोषाध्यक्ष कँडेल मंगलबार साँझ नारायणगढस्थित आफ्नै कार्यालयमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । घटनास्थलमा भेटिएको सुसाइड नोटमा रुङ्गटा र चार्टर्ड अकाउन्टेन्ट रावलले मानसिक पीडा दिएको उल्लेख थियो । सोही आधारमा परिवारका सदस्यले प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

अनमोल फिड्सको ८५ प्रतिशत शेयर कँडेलले रुङ्गटालाई बेचेका थिए । रुङ्गटाले दिएको मानसिक तनाव थेग्न नसकेपछि कँडेलले आत्महत्या गरेको परिवारका सदस्यहरुको भनाइ छ ।

यसैबीच फरार रुङ्गटालाई पक्रेर कारबाही गर्न माग गर्दै चितवनका पोल्ट्री व्यवसायीहरुले चितवनका प्रदर्शनसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?