+

विराटनगरमा खुल्ला कराते प्रतियोगिता सुरु, भारत, भुटान र नेपालका ९ टिम सहभागी

२०८० वैशाख  २२ गते १६:५६ २०८० वैशाख २२ गते १६:५६
विराटनगरमा खुल्ला कराते प्रतियोगिता सुरु, भारत, भुटान र नेपालका ९ टिम सहभागी

२२ वैशाख, विराटनगर । विराटनगरमा खुल्ला कराते प्रतियोगिता सुरु भएको छ । विराटनगरस्थित कभर्ड हलमा शुक्रबार सुरु भएको प्रतियोगिता शनिबारसम्म चल्ने छ ।

प्रतियोगितामा नेपालसहति भारत र भुटानका खेलाडी सहभागी रहेको विराट कराते क्लबका अध्यक्ष विमल पोखरेलले जानकारी गराए ।

प्रतियोगितामा १९ स्वर्ण, १९ रजत र ३८ काश्य पदक प्रतिस्पर्धमा १९ तौल समूहमा खेलहरु भइरहेको छ ।

उक्त प्रतियोगिताको उदघाटन प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्ले गरे । उनले खेलकुद क्षेत्रको विकामा सबै लाग्नुपर्नेमा जोड दिए । प्रदेश सरकारले खेलकुद क्षेत्रमा प्रयाप्त मात्रमा बजेट विनियोजन गुर्नपर्ने उनले बताए ।

कराते प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय