+

हिमालयन शेर्पासँग हारेपछि पुलिस पुनः रेलिगेसन क्षेत्रमा

२०८० वैशाख  २२ गते १८:३३ २०८० वैशाख २२ गते १८:३३
हिमालयन शेर्पासँग हारेपछि पुलिस पुनः रेलिगेसन क्षेत्रमा

२२ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पासँग २–१ ले पराजित भएपछि नेपाल पुलिस क्लब पुनः रेलिगेसन क्षेत्रमा पुगेको छ ।

दशरथ रंगशालामा शुक्रबार शेर्पाले महत्वपूर्ण तीन अंक जोड्ने क्रममा विदेशी खेलाडी अवायोमी ओलुवासेउन र अमृत श्रेष्ठले गोल गरे ।

अवायोमीले १४औं मिनेटमा शेर्पालाई अग्रता दिलाए पनि ३०औं मिनेटमा सौजन राईले बराबरी गोल गरी पुलिसलाई खेलमा फर्काएका थिए । तर, दोस्रो हाफको सुरुमै अमृत श्रेष्ठले शेर्पालाई अग्रता दिलाए ।

बाँकी समयमा दुवै टिमले गोलका केहि अवसर उपयोग गर्न सकेनन् ।

यो जितपछि शेर्पा १५ खेलबाट २० अंकसहित सातौं स्थानमा उक्लिएको छ । उसले लिगमा अहिलेसम्म ५ जित, ५ बराबरी र ५ हारको नतिजा निकालेको छ ।

लिगमा आठौं हार ब्यहोरेको पुलिसले पछिल्ला चार खेलमा लयमा फर्किएको संकेत गरेको थियो ।

विदेशी खेलाडी ल्याएसँगै उसले पछिल्लो तीन खेलमा लगातार जित हासिल गरेको थियो । १५ खेलमा ४ जित, ३ बराबरी र ८ हारसहित १५ अंकका साथ पुलिस पुछारबाट दोस्रो स्थानमा छ ।

एक खेल कम खेलेको फ्रेण्ड्ससँग समान १५ अंक भए पनि हेड टू हेडमा पुलिस अगाडि रहेको हो ।

लिगमा शनिबार तीन खेल हुँदैछ । च्यासल मैदानमा एनआरटी र चर्च ब्वाइजबीचको खेल दिउँसो ३ बजेदेखि सुरु हुनेछ ।

सोही समयमा दशरथ रंगशालामा मनाङ मर्स्याङदी र सातदोवाटो भिड्नेछन् । साँझ ६ बजेदेखि दशरथ रंगशालामा हुने खेलमा ललितपुरे क्लबहरु फ्रेण्ड्स र थ्रीस्टार आमने सामने हुँदैछन् ।

नेपाल पुलिस क्लब शहीद स्मारक लिग हिमालयन शेर्पा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय