+

आईपीएल : दिल्ली क्यापिटल्सले बैंगलोरलाई ७ विकेटले हरायो

२०८० वैशाख  २४ गते ६:२० २०८० वैशाख २४ गते ६:२०
आईपीएल : दिल्ली क्यापिटल्सले बैंगलोरलाई ७ विकेटले हरायो

२४ वैशाख, काठमाडौं । आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराएको छ ।

शनिबार राति भएको दोस्रो खेलमा दिल्लीले १८२ रनको विजय लक्ष्य १६.४ ओभरमा ३ विकेट गुमाएर भेटायो । दिल्लीको जितमा डेभिड वार्नर र फिल साल्टले ६० रनको महत्वपूर्ण साझेदारी गरे । वार्नर १४ बलमा २२ रन बनाएर आउट भए । फिलिप साल्टले अर्र्धशतक पूरा गरे । ४५ बलमा ८ चौका र ६ छक्काको मद्दतमा उनले ८७ रन बनाए ।

दिल्लीको अरुण जेटली स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८१ रन बनाएको थियो । बैंगलोरका लागि विराट कोहलीले ५५, कप्तान फाफ डुप्लेसीले ४५ महिपाल लोमरोरले अविजित ५४ रन बनाए ।
बलिङतर्फमा मिचेल मार्शले २ विकेट लिए ।

शनिबार नै भएको पहिलो खेलमा चेन्नाई सुपरकिंग्सले मुम्बई इण्डियन्सलाई ६ विकेटले हराएको थियो ।

दिल्ली क्यापिटल्स रोयल च्यालेन्जर्स बैंगलोर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय