+

रियल मड्रिड बन्यो कोपा डेल रे च्याम्पियन

२०८० वैशाख  २४ गते ७:१३ २०८० वैशाख २४ गते ७:१३
रियल मड्रिड बन्यो कोपा डेल रे च्याम्पियन

२४ वैशाख, काठमाडौं । रियल मड्रिडले कोपा डेल रे कपको उपाधि जितेको छ ।

ला लिगा प्रतिद्वन्द्वी ओसासुनालाई शनिबार राति २-१ ले हराउँदै रियल मड्रिड ९ वर्षपछि कोपा डेल रेको च्याम्पियन बनेको हो ।

शनिबार राति सेभियामा भएको खेलमा रियललाई उपाधि जिताउन दुवै गोल रोड्रिगोले गरे । ओसासुनाका लुकास टोरोले एक गोल गरेका थिए ।

पहिलो गोल रोडि्रगोले २ मिनेटमै गरेका थिए । ओसासुनाका लुकास टोरोले ५८ औं मिनेटमा गोल गरेर खेल बराबरीमा ल्याए । तर फेरि ब्राजिली युवा विंगर रोड्रिगोले ७० औं मिनेटमा अर्को एक गोल थपेर जित सुनिश्चित गरे ।

यसअघि सन् २०१४ मा रियल मड्रिडले कोपा डेल रे कप जितेको थियो ।

कोपा डेल रे रियल मड्रिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय