
२४ वैशाख, काठमाडौं । अमेरिकाको टेक्ससस्थित एलन शहरको एक सपिङ मलमा गोली चल्दा ९ जनाको मृत्यु भएको छ । सात जना घाइते भएका र तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले जनाएको छ ।
एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाएर किनमेलका लागि आएका मानिसहरुको हत्या गरेको बीबीसीले जनाएको छ । प्रहरीका अनुसार गोली चलाउने व्यक्ति पनि मारिएका छन् ।
गोली चलेपछि सुरक्षाकर्मीहरुले सपिङ मलबाट सयौं मानिसहरुलाई सुरक्षित बाहिर निकालेका थिए ।
एक तथ्यांक अनुसार अमेरिकामा यसै वर्षमात्र १९८ पटक गोली प्रहारका घटना भएका छन् । हप्ता दिन अगाडिमात्र टेक्सासमा एक व्यक्तिले ९ वर्षीय बच्चासहित ५ जनाको हत्या गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4