
एन्ड्रोइड प्रयोगकर्ताहरुलाई आफ्नो फोनबाट पैसा चोर्ने खतरनाक एपहरु तत्कालै डिलिट गर्न साइबर सेक्योरिटी कम्पनी क्यास्पर्स्कीले चेतावनी दिएको छ ।
अफिसियल गुगल प्ले स्टोरमा मालवेयर प्रवेश गरी त्यस्ता एपहरुबाट प्रयोगकर्ताको पैसा चोरिरहेको खुलासा उसले गरेको हो ।
त्यस्ता खतरनाक एन्ड्रोइड एपहरु ११ वटा पाइएको छ । जुन सन् २०२२ देखि यतामात्रै ६ लाख २० हजार पटक डाउनलोड भएका छन् ।
गुगल प्ले स्टोरबाटै डाउनलोड हुने ती एप वैधानिक जस्तै देखिए पनि त्यसमा रहेको मालवेयरले गोप्य रुपमा ब्याकग्राउण्डमा काम गर्दछ ।
क्यास्पर्स्कीका अनुसार त्यो मालवेयरको नाम Fleckpe हो । यो मालवेयर विभिन्न एपबाट प्रयोगकर्ताको फोनमा छिरेर अनधिकृत रुपमा प्रयोगकर्ताको अकाउन्टमा सब्सक्रिप्सन शुल्क लगाउँदछ ।
क्यास्पर्स्कीका अनुसार यो मालवेयर फोटो एडिटर तथा वालपेपर जस्ता साधारण एपहरुमा देखिएको हो ।
पैसा चोर्ने भाइरस पाइएका ती एपलाई गुगलले प्ले स्टोरबाट हटाइसकेको बताइएको छ । तर यदि कोही प्रयोगकर्ताको फोनमा ती एपहरु डाउनलोड भइसकेका भए तत्कालै हटाउन पनि क्यास्पर्स्कीले चेतावनी दिएको छ । पैसा चोर्ने ११ वटा एप यी हुन् :
Beauty Camera Plus (com.beauty.camera.plus.photoeditor)
- Beauty Photo Camera (com.apps.camera.photos)
- Beauty Slimming Photo Editor (com.beauty.slimming.pro)
- “ingertip Graffiti (com.draw.graffiti)
- GI“ Camera Editor (com.gif.camera.editor)
- HD 4K Wallpaper (com.hd.h4ks.wallpaper)
- Impressionism Pro Camera (com.impressionism.prozs.app)
- Microclip Video Editor (com.microclip.vodeoeditor)
- Night Mode Camera Pro (com.urox.opixe.nightcamreapro)
- Photo Camera Editor (com.toolbox.photoeditor)
- Photo Effect Editor (com.picture.pictureframe)
यदि तपाईंको फोनमा पनि माथिका मध्ये कुनै एप डाउनलोड छ भने तत्कालै डिलिट गरिहाल्नुस् । ढिलो भयो भने तपाईं पनि पैसा चोर्ने भाइरसको फन्दामा पर्न सक्नुहुन्छ ।
कसरी डिलिट गर्ने एन्ड्रोइड एप ?
· Google Play Store एपमा जानुहोस्
· स्क्रिनको दायाँ माथिपट्टि रहेको Profile icon मा ट्याप गर्नुहोस्
·Manage Apps & Devices मा ट्याप गर्नुहोस् र Manage मा जानुहोस्
· त्यसपछि आफुले डिलिट गर्न चाहेको उल्लेखित एपमा ट्याप गर्नुहोस्
· त्यसपछि Uninstall मा ट्याप गर्नुहोस् ।
प्रतिक्रिया 4