+
+

सुनको भाउ १२०० रुपैयाँले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते १२:३०

२४ वैशाख, काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य १ हजार २ सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १० हजार ६ सय र तेजावी सुनको मूल्य १ लाख १० हजार ५० रुपैयाँ तोकिएको छ ।

२१ वैशाखमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो । २१ वैशाखमा छापावाल सुनको प्रतितोला मूल्य १ लाख ११ हजार ८०० र तेजावी सुनको मूल्य १ लाख ११ हजार २५० रुपैयाँ पुगेको थियो ।

आइतबार चाँदीको मूल्य भने २१ वैशाखकै मूल्य कायम गरिएको छ । आइतबार चाँदीको प्रतितोला मूल्इ १ हजार ४४५ रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?