+
+

काठमाडौंमा ट्याक्सी व्यवसायी आन्दोलित, व्यवसायी आफैंले राखे सडकमा पार्किङ बोर्ड

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते १३:२८
फाइल तस्वीर

२४ वैशाख, काठमाडौं । काठमाडौं महनागरपालिकाले सडक किनारमा पार्किङ गर्न नदिएपछि ट्याक्सी व्यवयसायीहरु आन्दोलित भएका छन् । व्यवसायीहरु आफैंले पार्किङ बोर्ड राखेर ट्याक्सी पार्किङ गरेर विरोध जनाएका छन् ।

महानगरका विभिन्न क्षेत्रमा ट्याक्सी व्यवसायीहरु विरोध जनाउँदै आफैंले पार्किङ लेखेको स्ट्यान्ड राखेका छन् । ट्राफिक प्रहरीका अनुसार ट्याक्सी चालकहरुले राखेका स्ट्यान्ट हटाउन खोज्दा केही बेर तनाब सिर्जना भएको थियो । ट्राफिक प्रहरीसहित नेपाल प्रहरीले बल प्रयोग गर्न खोजेपछि एक घण्टा मैतीदेवी चोकमा सडकमै व्यवसायीहरुले ट्याक्सी तेर्साएका थिए । त्यसपछि अहिले मैतीदेवीमा करिब २५ वटा ट्याक्सीहरु एक साइटमा पार्किङ गरेर आवागमन गर्ने अन्य सवारीलाई छेकेका छैनन् । एक घण्टा अवरुद्ध गरेपछि ५ जना ट्याक्सी व्यवसायीहरु ट्राफिक प्रहरी सहित महानगरपालिकामा वार्ताको लागि गएका छन् ।

काठमाडौं महानगरपालिकाले भने अनधिकृत रुपमा ट्याक्सी पार्किङ गरेर समस्या सिर्जना गरेको बताएको छ । ‘हामीले पार्किङ दिन नमिल्ने ठाउँमा बोर्ड हटाएका थियौं, अहिले सुन्धारा मैतीदेवी लगायत स्थानमा आफैंले बोर्ड राखेर ट्याक्सी पार्किङ गरिरहेका छन्’ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने ।

उनले महानगरपालिका र ट्राफिक प्रहरीसँग छलफल नै नगरी अनधिकृत बोर्ड राखेको भन्दै महानगरपालिकाले सम्बन्धित वडा कार्यालय, ट्राफिक प्रहरसँग छलफल गरेर कारबाही गर्ने बताए ।

ट्याक्सी व्यवसायीहरु भने महानगरपालिका र ट्राफिक मिलेर सबैतिर ट्याक्सीलाई पार्किङ गर्न नदिएको भन्दै आन्दोलनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?