
काठमाडौं । क्रिस्टोफर नोलन निर्देशित प्रतीक्षित हलिउड फिल्म ‘ओपनहेइमर’को नेपाल प्रदर्शन मिति घोषणा भएको छ । वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टले फिल्मलाई आगामी साउन ५ गते रिलिज गर्ने जनाएको छ ।
परमाणु बम आविष्कारकमध्येका एक जो रोबर्ट ओपेनहेइमरमाथि बनेको फिल्ममा सिलियन मर्फीले शीर्ष भूमिकामा अभिनय गरेका छन् । यो फिल्मलाई वार्नर ब्रोजले निर्माणपछि थन्काएर राखेको थियो र स्वामित्वको मुद्दा जितेपछि युनिभर्सलले यसलाई प्रदर्शन गर्न लागेको हो ।
फिल्ममा केनेथ ब्राग, माइकल अंगारानो, रोबर्ट डाउने जुनियर, जुनियर म्याट डोमन, एमिली ब्लन्ट लगायतको अभिनय छ । दोस्रो विश्वयुद्धको क्रममा ओपेनहेइमरले आणविक बम विकास गर्न मद्दत गरेपछि संयुक्त राज्य अमेरिकाप्रतिको उनको बफादारीलाई सरकारी अधिकारीहरुले प्रश्न गरेका थिए ।
यो फिल्म सन् २००५ मा पुलित्जर पुरस्कार विजेता पुस्तक ‘अमेरिकन प्रोमेथस : द ट्रिम्फ एण्ड ट्रयाजेडी अफ जुनियर रोबर्ट ओपेनहेइमर’मा आधारित छ ।
प्रतिक्रिया 4