+

न्यून रक्तचाप हुनु किन जोखिमपूर्ण ?

२०८० वैशाख  २४ गते १८:४६ २०८० वैशाख २४ गते १८:४६
न्यून रक्तचाप हुनु किन जोखिमपूर्ण ?

उच्च रक्तचाप वा न्यून रक्तचाप हुनु स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिंदैन । रक्तचाप अनियन्त्रित भएर हुने यो समस्या बढिरहेको छ ।

यी दुई समस्यामा पनि उच्च रक्तचापलाई लिएर मात्रै धेरै मानिस चिन्तित रहेको पाइन्छ । तर धेरैलाई हेक्का नहुन सक्छ, न्यून रक्तचाप हुनु पनि स्वास्थ्यका लागि जोखिमपूर्ण छ । न्यून रक्तचापलाई नियन्त्रणमा ढिलाइ भए स्वास्थ्यमा जटिलता समेत निम्त्याउँछ ।

स्वस्थ व्यक्तिमा रक्तचाप स्तर १२०/८० एमएमएचजी वा त्यस वरपर हुनुपर्छ । यदि रक्तचाप ९०/६० एमएमएचजी भन्दा कम छ भने यसलाई न्यून रक्तचाप वा लो बीपी  मानिन्छ । न्यून रक्तचाप हुनु धेरै कारण हुन्छन् । जस्तै, पानी कम भएर डिहाइड्रेसन हुनु, अत्यधिक तनाव, लामो समयसम्म भोकै बस्नु, अस्वस्थ जीवनशैली,  भिटामिन र पोषक तत्वको कमी, मुटुको समस्या हुनु, केही औषधिको साइड इफेक्टका कारण, गर्भावस्थाको समयमा शरीर परिवर्तन पर्छन् ।

यद्यपि, कहिलेकाहीं न्यून रक्तचापको कारण पत्ता लगाउन धेरै गाह्रो हुन्छ । जसकारण सुरुको अवस्थामा पत्ता लगाउन मुस्किल हुन सक्छ ।

लक्षण

न्यून रक्तचाप हुँदा धेरैजसो अवस्थामा लक्षण नै देखिंदैन । तर कहिलेकाहीं भने केही यस्ता लक्षण देखिन्छन्, जसले न्यून रक्तचाप भएको संकेत गर्छ ।

-चक्कर आउनु

-आँखा धमिलो हुनु

-हातखुट्टा चिसो हुनु

-धेरै कमजोर वा थकित महसुस हुनु

यी लक्षण देखिएमा घरमै गर्न सक्ने उपाय पनि छन् । ढल्केर वा सुतेर केहीबेर आराम गर्न सकिन्छ । यसले अवरोध भइरहेको रक्तसञ्चारलाई सुचारु गरी शरीरको सम्पूर्ण अंगमा रक्त प्रवाह गराउँछ । नुन, चिनी र पानीको मिश्रण वा जीवनजल खान सकिन्छ ।

कस्तो बेला अस्पताल जाने ?

आराम गरेर वा नुनपानी पिउँदा पनि ठीक नभएमा, एक्कासि बेहोस भएमा र सहनै नसक्ने गरेर अप्ठ्यारो महसुस भएमा तुरुन्त अस्पताल जानुपर्छ । न्यून रक्तचाप उच्च रक्तचाप जस्तै खतरनाक छ । त्यसैले रक्तचाप लामो समयसम्म सामान्य स्तरभन्दा तल रहन थाल्छ भने सतर्क हुन आवश्यक छ । रक्तचाप कम हुँदा शरीरका अंगहरूमा रगत राम्ररी पुग्दैन । यस्तो अवस्थामा हृदयघात, स्ट्रोक र अन्य गम्भीर समस्या आउन सक्छ ।

रक्तचापको स्तरलाई व्यवस्थित राख्न सकिन्छ

-स्वस्थकर खानपान र चुस्त दुरुस्त जीवनशैलीले रक्तचापलाई ठीकसँग नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।

-रक्तचापको स्तर ठीक राख्न नुन धेरै महत्त्वपूर्ण छ । यदि रक्तचाप कम रहन्छ भने खानामा सोडियमको मात्रा बढाउनुपर्छ ।

-शरीरलाई हाइड्रेटेड राख्न दैनिक कम्तीमा ७-८ गिलास पानी पिउनुपर्छ ।

-दैनिक खाने आहारमा क्याफिनयुक्त चीजहरू समावेश गर्नुहुँदैन । यसले तत्कालै रक्तचाप बढाउँछ ।

-मौसमी फलफूल र तरकारी पर्याप्त खानुपर्छ ।

-धेरैबेर उभिएर काम नगर्ने र प्रायः रक्तचाप परीक्षण गराउँदा कम छ भने चिकित्सकको सल्लाह लिनुपर्छ ।

-योग र व्यायामले पनि शरीरमा रक्तचापलाई सन्तुलनमा राख्न मद्दत गर्छ । तर पहिले नै न्यून रक्तचापको बिरामी हुनुहुन्छ भने कुनै पनि योग वा व्यायाम गर्नुअघि चिकित्सक र विशेषज्ञको सल्लाह लिनुपर्छ ।

(डा. विष्ट विराट मेडिकल कलेज शिक्षण अस्पताल, टंकीसिनुवारी, मोरङका कन्सल्टेन्ट कार्डियोलोजिस्ट हुन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

कम रक्तचाप स्वास्थ्य
डा. माधव विष्ट
लेखक
डा. माधव विष्ट
मुटुरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७६०९ एमबीबीएस, एमडी, सिंगापुरस्थित नेसनल हार्ट सेन्टरबाट इन्टरभेन्सल कार्डियोलोजी फेलोसिप मोरङको टंकीसिनुवारीस्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?