+

एपीएफलाई पराजित गर्दै मछिन्द्र चौथो स्थानमा उक्लियो

२०८० वैशाख  २४ गते १८:१५ २०८० वैशाख २४ गते १८:१५
एपीएफलाई पराजित गर्दै मछिन्द्र चौथो स्थानमा उक्लियो

२४ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले एपीएफलाई २–१ ले पराजित गरेको छ । खेलमा पहिलो अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा एपीएफ पराजित भयो ।

मछिन्द्रलाई जिताउन ओवावाले अफिजले इन्जुरी समयमा निर्णायक गोल गरे ।

यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ३६ औं मिनेटमा बिक्की तामाङको क्रसलाई अमान बिडोमले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए ।

तर पहिलो हाफको इन्जुरी समयमा मछिन्द्रका ओमोलाजा करिमले फ्रि किकमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

१–१ को बराबरीतर्फ उन्मुख खेलको इन्जुरी समयमा अफिजले गोल गर्दै मछिन्द्रलाई महत्वपुर्ण तीन अंक दिलाए ।

लगातार २ जितसँगै मछिन्द्र उपाधि होडमा फर्किएको छ । पछिल्ला खेलमा सातदोबाटो युथ क्लब र थ्री स्टारसँग बराबरी खेलेको मछिन्द्रले यसअघि संकटलाई हराएको थियो ।

जितसँगै मछिन्द्र १५ खेलबाट २४ अंक जोड्दै अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ । एपीएफ भने समान खेलबाट १९ अंक साथ नवौं स्थानमा झरेको छ ।

एपीएफ क्लब मछिन्द्र फुटबल क्लब शहीद स्मारक लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय