+
+

जनप्रशासन क्याम्पस कीर्तिपुरमा छलफलको क्रममा विद्यार्थीबीच हात हालाहाल, वार्ता भंग

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते १८:२५

२४ वैशाख, काठमाडौं । जनप्रशासन क्याम्पस, कीर्तिपुरमा छलफलको क्रममा विद्यार्थीहरुबीच हात हालाहाल भएको छ ।

क्याम्पसमा चरम आर्थिक अनियमितता, स्ववियु कोषको चरम दुरुपयोग, विद्यार्थी धरौटी र छात्रवृत्ति बापतको रकम हिनामिना भएको भन्दै आइतबार बिहान विभिन्न चार विद्यार्थी संगठनहरुले क्याम्पस प्रमुखको कार्यकक्ष र प्रशासनमा ताला लगाएका थिए ।

विद्यार्थी संगठनहरुले ताला लगाएलगत्तै क्याम्पसले वार्तामा आउन अनुरोध गरेपछि दिउँसो दुइ बजे वार्ता सुरु भएको थियो ।

सकारात्मक छलफल भइरहेको बेला स्ववियु पदाधिकारीहरुले अनेरास्ववियूका हिमाल थापा क्षेत्रीमाथि हातपात गरेपछि वार्ता भंग भएको स्वतन्त्र विद्यार्थी नेपालका जीवन धितालले जानकारी दिए ।

उनले भने ‘यो स्ववियुसँग सम्बन्धित थिएन तर क्याम्पस प्रशासनले वार्तामा बोलाएर स्ववियु कै विद्यार्थीले वार्तामा बसेका विद्यार्थीलाई कुटपिट गराएर गम्भीर गल्ती गरेको छ ।’ क्याम्पस प्रशासन तथा क्याम्पस प्रमुखको योजनामा वार्तामा बसेका विद्यार्थीलाई हातपात गरेको आरोप लगाए । समाधान नखोजेर द्वन्द्व निम्ताउन खोजेको बताउँछन् ।

भ्रष्टाचारबारे समाचार प्रकाशित भएपछि सत्यतथ्य छानबिन गर्नको लागि दुई दिनभित्र छानबिन समिति बनाउनुपर्ने र दोषीमाथि कारबाही गर्नुपर्ने संयुक्त माग राख्दै विज्ञप्ति सार्वजनिक गरेका थिए । तर उनीहरुको मागप्रति क्याम्पस प्रमुख तथा प्रशासनले कुनै चासो नदेखाएको भन्दै नेविसंघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी र स्वतन्त्र विद्यार्थी नेपालले ताला लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?