
२४ वैशाख, काठमाडौं । बेलायती राजकुमार चार्ल्स तृतीयले पहिरिएको राजमुकुटमा जडित हिराका बारेको फेरि विवाद उत्पन्न भएको छ । वेलायती राजा रानीले पहिरिने राजमुकुटमा रहेको हिरालाई लिएर पटक पटक विवादहरु आउने गरेका छन् ।
यसपटक भने दक्षिण अफ्रिकामा राजमुकुटमा जडित हिरा फिर्ता गर्नुपर्ने माग उठेको छ । राजमुकुटमा रहेको ५ सय ३० क्यारेटको हिरा सन् १९०५ मा अफ्रिकामा फेला परेको थियो ।
दक्षिण अफ्रिका बेलायती उपनिवेशको अवस्थामा रहँदा उक्त हिरा कब्जा गरिएको भन्दै हाल फिर्ता गर्नुपर्ने माग उठेको हो । शनिबार राज्याभिषेकका क्रममा चार्ल्सले उक्त हिरा जडित राजमुकुट लगाएका थिए । त्यस हिरालाई दक्षिण अफ्रिकामा हिराका प्रजातिमध्ये ताराको उपमा दिइएको छ ।
बेलायती उपनिवेशको क्रममा अधिनमा लिएका कलात्मक तथा बहुमुल्य सामग्री सम्बन्धी मुलुकलाई फिर्ता हुनुपर्ने विश्वव्यापी बहस चलिरहेको समयमा दक्षिण अफ्रिकामा पनि हिरा फिर्ताको माग उठेको हो ।
‘राजमुकुटमा जडित हिरा दक्षिण अफ्रिकाको सम्पदा हो । हाम्रो गौरव हो । त्यस हिरा फिर्ता हुनैपर्छ’, आफ्नो गौरव फिर्ताका लागि अभियान सञ्चालन गरेका अधिवक्ता मोथुसी कामांगाले भनेका छन् । उनले हिरा फिर्ता हुनुपर्ने भन्दै अनलाइनमा सञ्चालन गरेको हस्ताक्षर अभियानमा ८ हजारले हस्ताक्षर गरेका छन् ।
उपनिवेशको अवस्था अन्त्य हुनुमात्रै स्वतन्त्रता नहुने उनको भनाइ छ । त्यस अवस्थामा खोसिएका सबै सम्पदा र सम्पत्ति फिर्ता हुनुपर्ने उनी सहितका अधिकारकर्मीको माग छ । ‘हाम्रा खोसिएका सम्पदा फिर्ता हुनैपर्छ । उपनिवेश हट्ने मात्रै स्वतन्त्रताको आभास दिलाउँदैन’, हिरा फिर्ता हुनुपर्ने अभियान्ताहरूको भनाइ उद्दृत गर्दै रोयटर्सले भनेको छ ।
राजमुकुट र राजदण्डमा लगाइएको हिरालाई कुलिनन् वान नाम दिइएको छ । यस हिरा ३१ सय क्यारेटको छ । यो हिरा प्रेतोरिया खानीबाट उत्खनन् गरिएको थियो । यो हिरा ६२१.२ ग्रामको एउटा डल्लो थियो। जसको केही अंश अझै पनि केप टाउनस्थित हिरा संग्रहालयमा प्रदर्शनमा राखिएको छ ।
‘हामीमाथि दमन गरेर हाम्रै सम्पत्ति खोसेकाले बेलायतले हिरा फिर्ता गर्नेपर्छ’, अभियन्ता मोहम्मद अब्दुलही भन्छन् ।
बेलायतीहरूले भने यो हिरा तत्कालीन राजा इडवार्ड सातौंले उपहारमा पाएको भन्दै आएका छन् ।
-एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4