
२४ वैशाख, विराटनगर । विराटनगरमा सञ्चालन भइरहेको ‘रात्रिकालिन विराटनगर महोत्सव’मा जुवा खेलाउने गरेको पाइएको छ । विराटनगर बसपार्क दक्षिण तर्फ लागेको रात्रिकालिन मेलामा जुवा खेलाउने गरेको पाइएको हो ।
मेला अगाडि बसपार्कमा २४ सै घण्टा प्रहरी युनिट खटिएको हुन्छ । मेलाको सुरक्षामा पनि प्रहरी परिचालित छ । आयोजकले मनोरञ्जनका लागि जुवा खेलाएको बताएको छ ।
महोत्सव सञ्चालनका लागि सेभ नेचर फाण्डेशनले वैशाख १० गतेदेखि ३० गतेसम्म सञ्चालनको अनुमति पाएको थियो । मेलामा प्रत्येक दिन जुवा जन्य खेलहरु हुन्छन् । जुवा सञ्चालनका लागि आयोजक सदस्यहरु खटिएका छन् । प्रहरी कै संरक्षणमा जुवा सञ्चालन भइरहेको स्थानीय बताउँछन्।
आयोजक संस्थाका अध्यक्ष अनिल थापाले मनोरञ्जनका लागि जुवा खेलाउने गरेको स्वीकार गरे। वैशाख १० गतेबाट सुरु मेला ३० गतेसम्म सञ्चालन हुने बताउँदै उनले जुवा खेल हुने बताए।
मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेल जुवा नखेलाउने सर्तमा महोत्सव सञ्चालनको अनुमति दिएको बताउँछन् । महोत्सव भित्रको व्यवस्थापन निजी सुरक्षा गार्ड मार्फत आयोजक आफैले गर्ने बताउँदै उनले विगतमा अनुगमन गर्दा जुवा खेलाए नदेखिएको बताए । प्रहरीलाई छलेर जुवा खेलाउने गरेको दाबी गर्दै उनले जुवा जन्य खेलमा प्रतिबन्ध लगाउने बताए ।
शनिबार मेलामा जुवा खेलाएको विषयमा रिपोर्टिङ गर्ने पुगेका स्थानीय सञ्चारकर्मी सोनु दास र कमलेश्वर यादवमाथि आयोजकले दुव्र्यवहार गरेका थिए। ‘हिजोको घटनापछि जुवा खेलाउने गरको विषय जानकारी आयो,’ उनले भने,‘ जुवा जन्य खेल खेलाउन पाइदैन्, रोक्छौं।’ सञ्चारकर्मी माथि हातपात भएको घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए ।
प्रतिक्रिया 4