
भैरहवा विमानस्थलको रनवेमा रोकिएको श्री एयरलाइन्सको जहाज ।
२५ वैशाख, काठमाडौं । श्री एयरलाइन्सको जहाज रनवेमै रोकिंदा भैरहवा विमानस्थल करिब ५० मिनेट अवरुद्ध भएको छ । विमानस्थलको रनवे खाली नभएपछि काठमाडौंबाट गएको यतीको हवाईजहाज काठमाडौंमै फर्किएको थियो ।
अहिले भने श्री एयरलाइन्सको जहाज रनवेबाट हटाइसकिएको भैरहवा विमानस्थलका प्रवक्ता दीपक बज्राचार्यले जानकारी दिए ।
आज बिहान भैरहवाबाट काठमाडौं उडेको उडान नम्बर एसएचए ८२२ नम्बरको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि २० मिनेटमै भैरहवामै फर्किएर ल्याण्ड गरेको थियो । सो जहाजको ल्याण्डिङ गिएरमा समस्या देखिएपछि भैरहवामै फर्किएको विमानस्थल स्रोतले बतायो ।
स्रोतले अनलाइनखबसँग भन्यो ‘ल्याण्डिङ गियरमा समस्या भएर दायाँबायाँ जान नसक्ने भएपछि रनवेमै अड्किएको थियो । पछि आफ्नै पावरमा साइड लाग्यो । यसले गर्दा करिब ५० मिनेट विमानस्थल प्रभावित भयो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4