
२५ वैशाख, काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आफूले प्रचारबाजीका लागि मात्र प्रतिनिधिसभा बैठकमा कपडा नखोलेको प्रष्टीकरण दिएका छन् ।
भ्रष्टाचारको विषयमा संसदमा बोल्नका लागि सभामुखसँग आकस्मिक समय मागेको र समय नपाए हदैसम्मको विरोध गर्ने बैठक अगावै सभामुखलाई जानकारी गराएको उनले बताए ।
संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘सभामुखलाई आग्रह गरेँ । आकस्मिक समयमा भ्रष्टाचारको विषयमा बोल्छु । दुई मिनेट पाउने हो त्यो समय पाउँ’ उनले पत्रकारहरुसित भने, ‘उहाँ (सभामुख)लाई पहिल्यै भनेको थिएँ समय नपाए म प्रोटेस्टको अन्तिम लेबलसम्म जान्छु । शब्दमै भनेको थिएँ कपडा खोल्छु ।’
सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्न समय मागेका सांसद सिंहले समय नपाएपछि कपडा खोलेर विरोध जनाएका थिए ।
आफ्नो लागि सदन निर्बस्त्र भएको, जनताको लागि सदन निर्बस्त्र भएकाले आफूले त्यसको विरोधका लागि कपडा खोलेको उनको जवाफ छ ।
प्रतिक्रिया 4