
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले काठमाडौंको नयाँ बानेश्वरमा रहेको ‘दृश्य लाउन्ज’मा विशेष छुट पाउने भएका छन् ।
भिसा डेबिट कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन नयाँ ‘दृश्य लाउन्ज’सँग सम्झौता गरिएको बैंकले जनाएको छ ।
सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिस डेबिट कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरुले ‘दृश्य लाउन्ज’ मा फुड एण्ड बेभरेजमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4