
२५ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डले युनिक नेपाल लघुवित्त वित्तीय संस्थालाई धितोपत्रको थप सार्वजनिक निष्कानस (एफपीओ) को स्वीकृति दिएको छ । बोर्डले २१ वैशाखमा कम्पनीलाई ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४२५ कित्ता सेयर निष्कासन गर्ने स्वीकृति दिएको हो ।
हाल ११ करोड ६ लाख ३२ हजार ६०० रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको एफपीओ निष्कासनपछि १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा नै एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ निष्कासन गर्न कम्पनीले मुक्तिनाथ क्यापिटलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4