+
+

रास्वपाबारे ओलीको टिप्पणी : नयाँ बोतलमा पुरानै रक्सी

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २५ गते १८:२३

२५ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पुरानै बोतलमा नयाँ रक्सी भएको टिप्पणी गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपालको कार्यक्रममा उनले रास्वपाको नाम नलिई ४–६ महिनाअघि खुलेको भए पनि उक्त पार्टी बुढो भएको बताएका हुन् । ‘नेपालमा सबैभन्दा नयाँ भने पनि, सबैभन्दा पुरानो पार्टी भने पनि नेकपा एमाले नै हो’ ओलीले भने, ‘अहिले ४ महिना ६ महिना, १० महिनाअघि खोलेको भए पनि बुढो विचार बोलेको पार्टी नयाँ कसरी हुन्छ ? उसैको नयाँ संस्करण हो । यो एउटा एनेक्स (अनुसूची) हो ।’

पुरानो विचार बोक्ने पार्टी नयाँ खुल्नुको अर्थ नहुने भन्दै उनले भने, ‘यी बोतल जुनसुकै कलरका, जेसुकै होउन् बोतल नयाँ होला रक्सी उस्तै हो । उही रक्सी बोकेर हिँडेको छ । जे सुकै चिह्न बोकुन्, अब देश बनाउने भिजनबिना, कहाँ पुग्ने भिजन गन्तव्यबिना, समृद्ध नेपाल सुखी नेपालीजस्तो क्लियर विभजनबिना, समृद्ध नेपाल सुखी नेपाली कसरी प्राप्त गर्ने भन्ने भिजन बिना हामी अगाडि बढ्न सक्दैनौं ।’

ओलीले सबैभन्दा नयाँ दर्शन माक्र्सवादी दर्शन हो भन्दै ओलीले त्यसबाहेकका सबै विचार पुरानो र बुर्जुवा भएको बताए । ‘पुराना हुन् कि नयाँ आउन् कि बुर्जुवा आइडोलोजी बुर्जुवा नै हो । जे सुकै बोकेर आओस् न केही फरक पर्दैन, तर परिवर्तनकारी विचारमात्रै नयाँ विचार हो । ..सबैभन्दा नयाँ दर्शन भनेको मास्र्कवादी दर्शन हो । यो भन्दा नयाँ दर्शन कुनै पनि छैन’ उनले भने ।

राजनीतिमा कहिले कहिले ह्वीम चल्ने भन्दै ओलीले विगतमा नेकपा माओवादीले २४० निर्वाचन क्षेत्रमध्ये १२० वटामा जित हासिल गरेको उदाहरण दिए ।

‘यस्ता ह्वीम कहिले कहिले आउँछन्, त्यस्तो ह्वीम हामीले देखेका छौं । एकपल्ट २४० सिटमध्ये १२० माओवादीले ल्यायो, माओवादीले अब माओवादीले खायो खायो भने । मैले भनेँ, कहिले कहिले यस्तो हुन्छ’ ओलीले भने, ‘कराहीमा २ माना दूध हालेर बेस्सरी आगो लगाइदियो भने त्यसको रापतापले दूध कराहीभरि हुन्छ र पोखिन्छ । तर यो टेम्पररी फेनोमोना हो । पर्मानेन्ट होइन ।’

ओलीले छोटो आयु भएको अल्पायु चिजहरु छिटो हलक्क बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?