
२६ वैशाख, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको महालक्ष्मी लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ ।
२५ वैशाख सोमबार साँझ बसेको कम्पनी सञचालक समितिको बैंठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
सेयरधनीलाई पहिलो पटक लाभांश दिन लागेको कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्बको १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।
यस्तै उक्त लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांंश गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4