+

स्पोर्ट्स ओडिसाको जितमा रेखाको गोल

२०८० वैशाख  २६ गते १२:३७ २०८० वैशाख २६ गते १२:३७
स्पोर्ट्स ओडिसाको जितमा रेखाको गोल

२६ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सदस्य रेखा पौडेलको भारतीय महिला लिगमा स्पोर्ट्स ओडिसाको जितमा गोल गरेकी छन् ।

रेखा र रितु देवीको गोलमा स्पोर्ट्स ओडिसाले मंगलबार बिहान इस्ट बंगाल एफसीलाई २-१ ले हरायो । लिगमा रेखाको यो चौथो गोल हो ।

रेखाले यसअघि होप्स विरुद्ध एक तथा कहानी विरुद्ध दुई गोल गरेकी थिइन् ।

अहमदावादस्थित शाइवग पुलिस स्टेडियममा भएको खेलमा रेखाले ६०औं मिनेटमा गोल गर्दै स्पोर्ट्स ओडिसालाई अग्रता दिलाएकी थिइन् ।

इस्ट बंगालकी मौसमी मुर्मुले ६३औं मिनेटमा बराबरी गोल फर्काइन् । तर इन्जुरी टाइमको चौथो मिनेटमा रितु देवीले गोल गरेपछि स्पोर्ट्स ओडिसाले ३ अंक जोडेको हो ।

चौथो जितपछि ६ खेलबा६ १२ अंक जोड्दै स्पोर्ट्स ओडिसा दोस्रो स्थानमा उक्लेको छ र शीर्ष चनरमा रहेर क्वाटरफाइनल खेल्ने सम्भावना बलियो बनाएको छ ।

नेपाली गोल मेसिन सावित्रा भण्डारी सम्मिलित गोकुलम केरला १३ अंकसहित शीर्ष स्थानमा छ । गोकुलम केरलाले आज माता रुकुमनीसँग खेल्दैछ ।

भारतीय महिला लिग रेखा पौडेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय