+
+

अन्तर निकाय समन्वय नहुँदा काठमाडौंको सडक पटक पटक भत्काइयो : प्रदीप पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते १२:५९

२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले अन्तर मन्त्रालय समन्वय नहुँदा काठमाडौंको सडक पटक पटक भत्काउनु परेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्ने क्रममा उनले काठमाडौंका धेरै जसो सडकको निर्माण कार्य अलपत्र परेको सुनाए ।

‘खानेपानीको पाइप विछ्याउनेदेखि विजुलीको तार भूमिगत गर्ने नाममा सडक बारम्बार खनिएको छ,’ पौडेलले भने, ‘फुटपाथमा निर्माण सामग्री राखेर अस्तव्यस्त बनाइएको छ । सरकारका मन्त्रालयहरु विच समन्वय हुन नसकेका कारण एउटै सडक वर्षमा चारपटक सडक भत्काइएकोे छ ।’

काठमाडौं ५ का सांसद पौडेलले सडक कहिँ बनाउँदै नबनाउने कहिँ बनेको सडक पटक पटक भत्काउने कार्य भएकोप्रति असन्तुष्टि व्यक्त गरे ।

पौडेले संसदमा भने, ‘सडक भत्काउने मात्रै हो कि जनतालाई सुविधा हुने गरि विकासका कार्यलाई व्यवस्थित गराउने हो ?’ भत्काइएका सडक वर्षात् अघि नै बनाउन सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?