+
+

एमाले सचिवालय बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते १५:४१

२६ वैशाख, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा समसामयिक राजनीतिका साथै नक्कली भुटानी शरणार्थी प्रकरण र पार्टीले देशभर सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानको समीक्षाबारे छलफल हुने नेताहरुले बताएका छन् ।

एमाले नेता विष्णु रिजालका अनुसार सचिवालय बैठकले वैशाख २८–३० गतेसम्म चल्ने पार्टीको केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्नेछ । यसअघि एमालेले झापामा बस्ने तय गरेको केन्द्रीय कमिटीको बैठक काठमाडौंमै सारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?