
२६ वैशाख, दाङ। लुम्बिनी प्रदेशको प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. नहकुल केसी नियुक्त भएका छन् ।
मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले स्थानीय विकास विज्ञ डा.केसीलाई आयोजको उपाध्यक्षमा नियुक्त गरेको सरकारका प्रबक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।
मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा ५ सदस्य समिति रहने गर्दछ । जसमा उपाध्यक्ष, र चार जना सदस्य मुख्यमन्त्रीले नियुक्त गर्ने प्राबधान छ ।
गरिबी विवारण कोषको पूर्व कार्यकारी निर्देशक समेत रहेका केसी अफगानिस्थानमा विकाससंग जोडिएर दशक वढी काम गरेका व्यक्ति हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4