+

एनएसजेएफलाई एआईपीएस एसिया अवार्ड

२०८० वैशाख  २६ गते १६:५३ २०८० वैशाख २६ गते १६:५३
एनएसजेएफलाई एआईपीएस एसिया अवार्ड

२६ वैशाख, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले ‘एआईपीएस एसिया उत्कृष्ट स्पोर्ट्स मिडिया एसोसिएसन अफ द इयर’ अवार्ड प्राप्त गरेको छ ।

व्यावसायिक खेलकुद पत्रकारिताको प्रबर्द्धन र पत्रकारिताको माध्यमबाट खेलकुदको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै एनएसजेएफलाई अवार्ड प्रदान गरिएको एआईपीएस एसियाले जनाएको छ ।

एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)ले मंगलबार एनएसजेएफलाई उक्त अवार्ड प्रदान गरेको हो ।

दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एआईपीएस एसियाको २४औं कंग्रेस दौरान एनएसजेएफलाई अवार्ड प्रदान गरिएको हो ।

एआईपीएस एसियाका अध्यक्ष ही डोन जुङले एनएसजेएफका महासचिव प्रज्वल ओलीलाई अवार्ड प्रदान गरे ।

अवार्ड वितरण समारोहमा एनएसजेएफका केन्द्रीय सदस्य निशान राई र एआईपीएस एसियाका कोषाध्यक्षसमेत रहेका एनएसजेएफका पूर्व अध्यक्ष निरञ्जन राजवंशीको उपस्थिति थियो ।

‘एआईपीएस एसियाका सदस्य राष्ट्र मध्ये एनएसजेएफ सबैभन्दा सक्रिय संस्था हो । हामीलाई प्राप्त जानकारी अनुसार खेलकुद पत्रकारिता र खेलकुद पत्रकारहरुको वृतिविकासको लागि एनएसजेएफले वर्षभरि विभिन्न कार्यक्रम गर्दै आएको छ । म बधाई दिन चाहन्छु,’ अवार्ड प्रदान गरेपछि अध्यक्ष जुङले भने ।

यस्तै बंगलादेश स्पोर्ट्स प्रेस युनियनले समेत ‘एआईपीएस बेस्ट स्पोर्ट्स मिडिया एसोसिएसन अफ द इयर’ अवार्ड प्राप्त गरेको छ ।

एआईपीएस एसियाका पूर्व अध्यक्ष ग्याप चुल पार्क, पूर्व सदस्य मानुचोर जान्दी र युसुफ बर्जाबीलाई एआईपीएस लिजेन्ड अफ एसिया अवार्ड प्रदान गरिएको छ ।

फिफा विश्वकप आयोजक कतारले बेस्ट अर्गनाइजर अवार्ड तथा बेस्ट सपोर्टर अवार्ड साउदी अरेबियाले प्राप्त गरेको छ ।

ही डोन जुङलाई बेस्ट एआईपीएस प्रेसिडेन्ट प्रदान गरिएको छ। कंग्रेसले एआईपीएस एसियाका कोषाध्यक्ष राजवंशी र महासचिव अमजद अजिज मल्लिकले पेश गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ ।

एआईपीएस अवार्ड एनएसजेएफ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय