+
+

प्युठानमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते १८:०४

२६ वैशाख, प्युठान । प्युठानको सरुमारानी गाउँपालिका ६ मोतिपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्युठान झिमरुक गाउँपालिका-४ बागेंफेदीका २४ वर्षीय शेरा सुलभ शाह रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक लालवहादुर विकले जानकारी दिए ।

बिकका अनुसार दुर्घटनाका घाइते मोटरसाइकल चालक शाहको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार बुटवलबाट प्युठानतर्फ आउँदै गरेको लु ५८ प ६१२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा शाहको टाउकोमा चोट लागेको र उपचारका क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?