
२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेलाई मर्यादा कायम राख्न सुझाव दिएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा प्रिबजेट छलफलमा भाग लिँदै रास्वपाका सांसद वाग्लेले कांग्रेसको घोषणापत्रमा आफ्नो पनि योगदान रहेको स्मरण गराएका थिए । तर मंगलबार कांग्रेस सांसद बजगाईले स्वर्णिमलाई विगतमा कांग्रेसले विभिन्न नियुक्ति दिएको बताए ।
सोमबारको बैठकमा स्वर्णिमले भनेका थिए, ‘नेपाली कांग्रेसको घोषणापत्र पढ्नुभएको होला हाम्रा अर्थमन्त्रीज्युले । मैले पनि पढेको छु । धेरबहुत मैले पनि लेखिदिएकै हो । आफ्नै घोषणापत्र पढेर त्यसलाई पनि उतार्नुहोला ।’
मंगलबारसांसद बजगाईँले जवाफ फर्काए, ‘म यहाँ (डा.वाग्ले)लाई स्मरण गराउन चाहन्छु – मोटिभेसनल फी भनेको हामीले नियुक्तिहरु प्रदान ग¥यौं । त्यसमा ख्याल गर्नुहोला । तपाईं पनि यो सदनमा प्रवेश गरिरहनुभएको छ । मर्यादा कायम गर्नुहोला ।’
वाग्लेले अगाडि भने, ‘…त्यहाँबाट निस्किसकेपछि मैले बनाइदिएको घोषणापत्र प्रतिबिम्बित गर्नुपर्थ्यो भनेर भन्नुभयो । त्यो छुच्याईं हाम्रा अग्रजहरुले जानेका होइनन् र थिएनन् ।’
विगतमा नेपाली कांग्रेस नेतृत्वको सरकार हुँदा स्वर्णिम राष्ट्रिय योजना आयोगको सदस्य र उपाध्यक्ष भएका थिए । ४ मंसिरको चुनावका लागि कांग्रेसले बनाएको घोषणापत्र मस्यौदा समितिमा पनि वाग्ले थिए । तर उनले १० वैशाखको उपचुनावअघि कांग्रेस परित्याग गरेर रास्वपाबाट तनहुँ १ मा उम्मेदवार बने र निर्वाचित पनि भएका थिए ।
२००७ सात सालको क्रान्ति गर्ने निर्णयका साथ पैसाको जोहो गर्न विपी कोइराला र गणेशमान सिंह कलकत्तामा सुवर्ण शम्शेरका बुवाको घर पुगेको बजगाईंले स्मरण गरे ।
यसैमा जोडिएर नेता बजगाईंले थपेका छन्, ‘सुवर्णजीले पनि कुनै मोटिभेसनल फि नराखीकन अंग्रेजहरुसँग अर्थ मन्त्रालयको बजेट तर्जुमा गर्दा सहयोग लिनुभएको रहेछ ।’
प्रतिक्रिया 4