
२७ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति रोजेका छन् ।
जसपाको सिफारिस अनुसार सभामुख देवराज घिमिरेले बुधबारको बैठकमा यादव राज्य व्यवस्था तथा सुशासन समिति सदस्य रहने प्रस्ताव राखे । जसलाई सभाले स्वीकृत गरेको छ ।
यादव गत १० वैशाखमा बारा निर्वाचन क्षेत्र नम्बर-२ मा भएको उपचुनावमा निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4