+
+

उकालोतिर महँगी, अन्यत्रभन्दा काठमाडौंमा बढी

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते १३:११

२७ वैशाख, काठमाडौं । चैत महिनामा मूल्यवृद्धि दर उकालोतिर लागेको देखिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चैत महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले चैतमा मुद्रास्फितिमा चाप परेर महँगी झन् बढ्दो दरमा देखिएको हो ।

चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धिदर ७.७६ प्रतिशत पुगेको छ । फागुन महिनामा यस्तो वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत थियो । २०७८ को चैत महिनामा यस्तो मुद्रास्फीति ७.२८ प्रतिशत थियो ।

खाद्यभन्दा गैरखाद्य समूहमा मूल्यवृद्धि उच्च छ । तर, खाद्यतर्फका परिसूचकहरुमा पनि दोहोरो अंकको मूल्यवृद्धि भएको देखिन्छ ।

गत चैत महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.९३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४२ प्रतिशत पुगेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १४.६८ प्रतिशतले बढेको छ । मरमसलाको १४.६७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.७२ प्रतिशत, फलफूलको ११.०० प्रतिशत र सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशतले मूल्य बढेको छ ।

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत स्वास्थ्य उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १०.३९ प्रतिशतले बढेको छ । घरायसी उपयोगका वस्तुहरुको ९.५४ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ८.७४ प्रतिशत र शिक्षातर्फ ८.६७ प्रतिशतले मुद्रास्फीति बढेको छ ।

सबैभन्दा धेरै मूल्यवृद्धि काठमाडौं क्षेत्रमा भएको छ । राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकामा ८.५७ प्रतिशत, तराईमा ७.६८ प्रतिशत, पहाडमा ७.०१ प्रतिशत र हिमालमा ७.४७ प्रतिशत मुद्रास्फीति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?