
२७ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोसन कार्कीले भ्रष्टाचारमा संलग्न भएकाहरुको सम्पति जफत गर्न माग गरेकी छन् ।
बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यलाई जघन्य अपराधको रुपमा व्याख्या गरिन् ।
‘मान्छे बेच्ने जस्तो जघन्य अपराध केही पनि होइन । जब एउटा मान्छेले अर्को मान्छेलाई जनावर सरह लगेर बेच्छ र त्यसबाट धन कमाउँछ । त्यस्ता अपराधीहरुको परिवारमा राखेको सम्पति जफत गरिनुपर्छ’ सांसद कार्कीले भनेकी छन् ।
भ्रष्टाचारमा संलग्न भएको अपराधीलाई फेरि राजनीतिमा कहिले आउन नपाउने गरी बन्देज गर्नुपर्ने उनको राय छ । यसो गर्दा मात्रै भ्रष्टाचार नियन्त्रण हुन सक्ने उनको भनाइ छ । ‘…तबमात्रै भ्रष्टाचार न्युनीकरण हुन सक्छ र भ्रष्टाचारमा परेका जो कोहीलाई कडाभन्दा कडा सजाय हुनुपर्छ । चाहे आफन्त हुन् चाहे आफ्ना पार्टीका हुन् ‘ सांसद कार्कीले भनेकी छन् ।
प्रतिक्रिया 4