
२७ वैशाख, काठमाडौं । नेकपा एमालेका उपमहाचिव पृथ्वीसुब्बा गुरुङले प्रदेशमा प्रहरी व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई दिनुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभामा प्रिबजेट छलफलमा भाग लिँदै एमालेका उपमहाचिव गुरुङले संघीयताको सवलीकरणका लागि तत्कालसंघीय प्रहरी ऐन र संघीय निजामति सेवा ऐन जारी गर्नुपर्ने बताए ।
‘कमसेकम संघीय प्रहरी ऐन जारी गरौं, संघीय निजामति सेवा ऐन जारी गरौं, प्रहरी व्यवस्थापनको जिम्मा उनीहरु (प्रदेश)लाई दिऔं । कर्मचारीको जिम्मा दिऔं’ उनले थपे, ‘५० हजार कर्मचारी संघमा राखेर संघीयता बलियो हुँदैन।’
५० हजार संघीय कर्मचारीहरुमध्ये ३० हजार संघमा राख्ने, बाँकी २० हजारमध्ये १०÷१० हजार प्रदेश सरकार र स्थानीय सरकारलाई दिनु उपयुक्त हुने उनको राय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4