+
+

नेपाल प्रहरी अस्पतालमा हिमालयन बैंकको नगद संकलन काउन्टर सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते १४:०५

काठमाडौं । हिमालयन बैंक लिमिटेडले काठमाडौंको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ । दुवै पक्षबीच सम्झौता भएसँगै २१ वैशाखदेखि नगद संकलन काउन्टर सञ्चालनमा आएको बैंकले जनाएको छ ।

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणा र अस्पतालका मेडिकल डाइरेक्टर डा. आशा सिंहले हस्ताक्षर गरे ।

बैंकले अस्पतालमा उक्त सेवा २४ सै घण्टा (सार्वजनिक बिदाका दिनहरुमा पनि) प्रदान गर्नेछ । उक्त सेवाबाट अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीका परिवार/आफन्तजन तथा अस्पतालका कर्मचारीहरुलाई सहज हुने विश्वास दुवै पक्षले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?