+

छाला किन चिलाउँछ ?

२०८० वैशाख  २७ गते १४:४० २०८० वैशाख २७ गते १४:४०
छाला किन चिलाउँछ ?

छाला शरीरको बाहिरी तह हो, जसले शरीरलाई विभिन्न संक्रमणबाट जोगाउँछ । छाला चिलाउने धेरैले भोगिरहेको समस्या हो । तर प्रायःले यसलाई सामान्य रुपमा लिइरहेको देखिन्छ ।

छाला मुख्यतः दुई कारणले चिलाउने गर्छ, बाहिर र भित्र । कलेजोसम्बन्धी रोग, मिर्गौला फेल हुँदा, रक्तअल्पता, गलगाँडको समस्या, क्यान्सर, मधुमेह, थाइराइडलगायत भित्री समस्या कारण छाला चिलाउँछ ।

छाला चिलाउने बाहिरी कारणमा फुस्रो सुख्खा छाला हुँदा, छालासम्बन्धी रोग, परजीवीले टोक्दा, संक्रमण, गर्भधारण पर्छन् ।

साबुनले जीउ नुहाउँदा पनि छाला सुख्खा हुन्छ । पाको उमेरमा धेरै नुहाउनु र आगो धेरै ताप्दा छाला सुख्खा हुन्छ । जसकारण छाला चिलाउँछ । एक्जिमा, लुतो, दाद, चाया, धमौरा आउँदा छाला चिलाउँछ । कस्मेटिक्सका सामान, रबर, गरगहना, ऊन, औषधि, चर्को घाम र धुलोधुवाँका कारण एलर्जी हुँदा छाला चिलाउँछ ।

यसैगरी लुतो, जुम्रा, उपियाँ, उडुस, जुकाजस्ता परजीवीको टोकाइ छाला चिलाउने एक कारण हो । कीरा, फट्यांग्रा, लामखुट्टे, मौरीको टोकाइले पनि छाला चिलाउँछ । ठेउला, जनैखटिरा, अन्य भाइरस, फंगसजन्य रोग, दाद, हिलोले पनि छाला चिलाउँछ । गर्भावस्थामा शरीरमा हुने हार्मोनल परिवर्तन पनि छाला चिलाउने एउटा कारण हो ।

उपचार

सामान्य रुपमा चिलाएको छ र कन्याएपछि आराम मिलेको छ भने चिकित्सकलाई देखाउन जरुरी हुँदैन । तर जीउ चिलाउने, डाबर देखिने, ज्वरो आउने, दुब्लाउने जस्ता लक्षण देखिएमा भने चिकित्सकलाई जाँच गराइहाल्नुपर्छ ।

विभिन्न कारणले छाला चिलाउने भएकाले यसको उपचारको प्रकृति पनि फरक नै हुन्छ । कुनै औषधि लगाउँदा मात्रै पनि ठीक हुन्छ भने कुनैमा खाने औषधि पनि दिइन्छ । कतिपय छालासम्बन्धी समस्या मलम वा क्रिम लगाउँदा पनि ठीक हुन्छ । अलि गम्भीर प्रकृतिको चिलाउने समस्या छ भने चाहिं अस्पताल नै भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ ।

छाला चिलाउने समस्याबाट कसरी बच्ने ?

कडाखालको साबुनको प्रयोग कम गर्ने, ऊनको कपडा प्रयोग नगर्ने, हिटर र एसीको लामो समयसम्म प्रयोग नगर्ने गर्नुपर्छ । पर्याप्त मात्रामा पानी, फलफूल, सागसब्जी खाने, घाममा निस्किंदा सनस्क्रिम वा मोस्चराइजिङ क्रिमको प्रयोग गर्ने गरे छालामा सुख्खा आउँदैन र चिलाउने समस्याबाट पनि बच्न सकिन्छ ।

(छाला तथा यौनरोग विशेषज्ञ डा. कार्कीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

छाला स्वास्थ्य
लेखक
प्रा. डा. अनुपमा कार्की
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?