+
+

शशांक कोइराला भन्छन् : भ्रष्टाचार हामी गर्छौं, अरुलाई किन दोष दिने ?

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते १५:१३

२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद शशांक कोइरालाले भ्रष्टाचार कम गर्ने गरी जिम्मेवार हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा प्रि–बजेट छलफलमा भाग लिंदै उनले भ्रष्टाचार कम गर्न नेतृत्वमा सहनशीलता र संवेदना हुनुपर्ने बताए ।

बीपी कोइरालाले प्रधानमन्त्री हुँदा उनका एक जना भाइले तीन सय रुपैयाँ पर्ने नयाँ जुत्ता लगाउँदा पैसा कहाँबाट आएको भनी सोधेको र तुरुन्तै आफ्नो सचिवालयबाट बर्खास्त गरेको पनि सांसद कोइरालाले उल्लेख गरे ।

‘बीपी कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँको एक जना भाइले नयाँ जुत्ता लगाउनुभयो, तीन सय रुपैयाँ पर्ने । बीपीले सोध्नुभयो— कहाँबाट आयो पैसा ? त्यही दिन उहाँले बर्खास्त गरिदिनुभयो’ कोइरालाले भने ।

भ्रष्टाचार नियन्त्रण गर्नका लागि बीपीमा जस्तै सहनशीलता र संवेदना हुनुपर्ने उनको भनाइ छ । भ्रष्टाचार निर्मूल पार्न कठिन हुने तर, कम गर्न सकिने उल्लेख गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि नेताहरुबाटै सुरुवात हुनुपर्ने बताए ।

‘करप्सन भनेको हामीले गछौं । अरुलाई किन दोष दिने ? हामीबाट करप्सन कम गरौं’ कोइरालाले भनेका छन्, ‘निर्मूल गर्न त सकिंदैन । करप्सन भनेको, भ्रष्टाचार भनेको एउटा रोग नै हो ।’ तथापि कतिपय देशले भ्रष्टाचार नियन्त्रणमा धेरै सफलता प्राप्त गरेको उल्लेख गर्दै उनले नेपालले पनि भ्रष्टाचार निर्मूल पार्ने प्रयास गर्नुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?