+
+

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालले लिए सपथ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते १८:५४

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नव निर्वाचित अध्यक्ष हेमराज ढकालले सपथ लिएका छन् ।

ललितपुरको कुपण्डोलस्थित नेपाल बीमा प्राधिकरणको कार्यालयमा बुधबार प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले ढकाललाई सपथ खुवाएका हुन् ।

नव निर्वाचित अध्यक्ष हेमराज ढकालले नेपाल बीमा प्राधिकरणको निर्देशानुसार समयमा कार्य सम्पन्न गर्न सफल भएकोमा नियमनकारी निकायलाई धन्यवाद समेत दिए ।

सोही अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष ढकाललाई सफल कार्यकालको लागि शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?