
काठमाडौं । ‘आईएमई पे’ मा रिया मनी ट्रान्सफर मार्फत पठाइएको रकम प्राप्त गर्दा ग्राहकले १०० रूपैयाँ बोनस पाउने भएका छन् ।
आईएमई पेले वालेटमा रेमिट्यान्स दावी गर्ने ग्राहकलाई ५० रूपैयाँ बोनस दिंदै आएकोमा सो बोनस रकम बढाइ १०० रूपैयाँ पुर्याउने निर्णय गरिएको हो ।
अब अमेरिका, यूरोप, क्यानाडा, मलेसिया, कतार, यूएई, कुवेत, बहराइन लगायत विश्वको जुन सुकै स्थानबाट रिया मनी ट्रान्सफर लगायत मनी ग्राम, अल अन्सारी, इन्स्ट्यान्ट क्यास, वोर्ल्डवाइड क्यास एक्स्प्रेस र इजी रेमिटबाट पठाइएको रेमिट्यान्सको रकम आईएमई पेमा प्राप्त गर्दा ग्राहकले १०० रूपैयाँ बोनस पाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4