
२८ वैशाख, काठमाडौं ।भ्रष्टाचारविरुद्ध विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका छन् । हालसालै सरकारले चलाएको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्दै विद्यार्थी संगठनहरूले संयुक्त रूपमा प्रदर्शन गरेका हुन् ।
नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू र अखिल क्रान्तिकारीले संयुक्तरुपमा रत्नराज्य क्याम्पसमा प्रदर्शन गर्दै कोही पनि भ्रष्टाचारीलाई उम्किन दिन नहुने बताएका छन् ।
अनेरास्ववियूकी महासचिव आरती लामाले अहिले सरकारले चलाएको अभियान नरोकियोस भनेर प्रदर्शन गरिएको बताइन् ।
विद्यार्थीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार भएका एमाले नेता टोपबहादुर रायमाझीलाई तत्काल पक्राउ गर्न मागसमेत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4