+

विश्वकप छनोट तयारीस्वरुप यूएईले वेष्टइन्डिजसँग तीन ओडीआई खेल्ने

२०८० वैशाख  २८ गते १३:४० २०८० वैशाख २८ गते १३:४०
विश्वकप छनोट तयारीस्वरुप यूएईले वेष्टइन्डिजसँग तीन ओडीआई खेल्ने

२८ वैशाख, काठमाडौं । आगामी जुन-जुलाईमा जिम्बावेमा हुने आईसीसी क्रिकेट विश्वकप छनोटको तयारीस्वरुप एसोसिएट राष्ट्र यूएईले वेष्ट इन्डिजसँग तीन खेलको ओडीआई शृंखला खेल्ने भएको छ ।

शृंखला अर्को महिना यूएईको दुबईमा हुनेछ । सुपर लिगमा शीर्ष आठमा पर्न नसकेपछि दुई पटकको विश्वकप विजेता वेष्ट इन्डिजले विश्वकप छनोट खेल्ने भएको हो ।

यूएईले भने लिग टुमा शीर्ष तीनमा नपरेपछि प्लेअफ क्वालिफायर खेल्दै विश्वकप छनोटमा स्थान बनाएको थियो । वेष्ट इन्डिज र यूएईबीचको खेल जुन ५, ७ र ९ मा हुनेछ । त्यसपछि दुवै टोली विश्वकप छनोट खेल्न जिम्बावे प्रस्थान गर्नेछन् ।

तीनवटै खेल शारजहा क्रिकेट स्टेडियममा हुनेछ । विश्वकप छनोट जुन १८ मा सुरु हुनेछ ।

जहाँ १० टोलीले भारतमा हुने विश्वकपको अन्तिम दुई स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । वेष्ट इन्डिजले पहिलो पटक एसोसिएट राष्ट्र यूएईसँग ओडीआई शृंखला खेल्न लागेको हो ।

क्रिकेट वेष्ट इन्डिजका डिरेक्टर जिमी एडम्सले यूएईसँग ऐतिहासिक द्विपक्षीय भ्रमण रहेको बताउँदै खुशी भएको बताए ।

‘यो यूएई विरुद्ध हाम्रो पहिलो द्विपक्षीय भ्रमण हो र हामी यस ऐतिहासिक तीन खेलको एकदिवसीय शृंखलामा सहमत भएकोमा खुसी छौं किनकि यसले हाम्रा खेलाडीहरूलाई आईसीसी क्रिकेट विश्वकप छनोट अघि केही तयारी गर्ने राम्रो अवसर प्रदान गर्नेछ’, इमिरेट्स क्रिकेट बोर्डका महासचिव मुबाससिस उस्मानीले विश्वकप छनोटअघि पूर्व विश्व च्याम्पियनसँग खेल आयोजना गर्नका लागि उत्साहित रहेको बताए ।

युएई क्रिकेट विश्वकप क्रिकेट छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय