+

जिम्मेवारीबाट हटाउन कोशी सरकारले सोध्यो सदस्यसचिवलाई ७२ घण्टे स्पष्टीकरण

२०८० वैशाख  २८ गते १७:२४ २०८० वैशाख २८ गते १७:२४
जिम्मेवारीबाट हटाउन कोशी सरकारले सोध्यो सदस्यसचिवलाई ७२ घण्टे स्पष्टीकरण

२८ वैशाख, विराटनगर । जिम्मेवारीबाट मुक्त गर्ने प्रकया पूरा गर्र्नका लागि कोशी प्रदेश सरकारले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई तीन दिने स्पष्टीकरण सोधेको छ ।

सामाजिक विकास मन्त्रालयले दोस्रो पटक तीन दिने स्पष्टीकरण सोधेको हो । वैशाख १७ गते सात दिने स्पष्टीकरण सोधेको थियो ।

चित्त बुझ्दो जवाफ नआएको भन्दै बिहीबार पदबाट किन नहटाउने भन्ने प्रश्नसहित तीन दिने दोस्रो स्पष्टीकरण सोधेको हो ।

वैशाख १४ गतेदेखि १६ गतेसम्म झापामा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ब्यानरमा कोशी प्रदेश सरकारको नाम किन उल्लेख नगरेको भन्दै मन्त्रालयका उपसचिव फणिन्द्र खत्रीले दोस्रो पटक स्पष्टीकरण सोधेका हुन् ।

वाग्लेले यसअघि स्पष्टीकरण बुझाएका थिए । तर, चित्त बुझ्दो जवाफ नदिएको भन्दै तीन दिनभित्र स्पष्टीकरण पेस गर्न अर्काे पत्र पठाएको हो ।

मन्त्रालयले पहिलो स्पष्टीकरण सोधे लगतै प्रभु बैंकको शाखा कार्यालयलाई पत्र लेख्दै प्रदेश खेलकुद विकास बोर्डको बैंक खाता रोक्का गर्न निर्देशन दिएको थियो ।

मन्त्रालयले सोधेको दोस्रो स्पष्टीकरणमा भनिएको छ, ‘तपाईँलाई यसै विषयका सम्बन्धमा मिति २०८० बैशाख १७ गते सोधिएको स्पष्टीकरणको जवाफसमेत चित्त बुझ्दो नभएकाले प्रदेश खेलकुद ऐन २०७६ को दफा ४ को उपदफा (४) बमोजिम तपाईँले इमानदारितापूर्वक आफ्नो कर्तव्य पालना गरेको नदेखिएकोले सोका आधारमा तपाईँलाई आफ्नो पदबाट किन नहटाउने ? कारणसहित तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नुहुन यस मन्त्रालयको मिति २०८० वैशाख २७ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार अनुसार अनुरोध छ ।’

हंशराज वाग्ले
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय