
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शताब्दी पुरुष स्व. सत्यमोहन जोशीद्वारा रचित बाल साहित्य पुस्तक प्रकाशनका लागि आर्थिक सहयोग गरेको छ ।
भाषा, साहित्य तथा संस्कृतिको विकास, संरक्षण तथा नयाँ पुस्तामा लोकसाहित्य हस्तान्तरण गर्न स्वर्गीय जोशीले पुर्याएको योगदानको कदर गर्दै पुस्तक प्रकाशनका लागि आर्थिक सहयोग उपलब्ध गराएको बैंकले जनाएको छ ।
चखुंचां हाःगु म्ये (भंगेराले गुनगुनाएको गीत) नामको पुस्तक प्रकाशित गर्नका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग उपलब्ध गराएको बैंकले जनाएको छ ।
ललितपुरमा रहेको लोकसाहित्य परिषद् बखुंबहालले स्व. जोशीको १०४ औं जन्मदिनको अवसर पारेर २७ वैशाखमा उक्त पुस्तकको लोकार्पण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4