
२८ वैशाख, काठमाडौं । बैकल्पिक राजनीतिका लागि भन्दै ‘प्रोगेसिभ डेमोक्र्याटिक अल्टरनेटिभ्स (पीडीए)’ घोषणाको तयारी भएको छ ।
भविष्यमा पार्टी बनाउने गरी पीडीए घोषणाको तयारी भएको हो । जेठ पहिलो सातातिर पीडीएको औपचारिक घोषणा हुने बताइएको छ ।
‘नेपालमा वैकल्पिक राजनीति चाहिन्छ भनेर २०७० को दशकमा नयाँ शक्ति, विवेकशील, साझा आए तर तिनीहरुको नेतृत्वले धोका दियो’, पीडीए गठनको तयारीमा लागेका एक सदस्यले भने, ‘त्यसको रिक्ततामा रास्वपाको उदय भयो । तर, उसले पनि वैकल्पिक राजनीति धान्ने देखिँदैन । त्यो खाली रहेको ठाउँ पूरा गर्नका लागि पीडीए गठन आवश्यक भयो ।’
पीडीएमा बाबुराम भट्टराई नेतृत्वबाट अलग भएका नेताहरु डम्बर खतिवडा, केशव दाहाल, प्रशान्त सिंह लगायत जोडिने छन् ।
माओवादी छाडेका हेमराज भण्डारी, नागरिक उन्मुक्ति छोडेका सुरेन्द्र चौधरी र रमेश खरेल नेतृत्वको सुशासन पार्टीबाट अलग भएको समूह पनि पीडीएमा सामेल हुने तयारी गरेको छ ।
त्यस्तै विवेकशील साझा पार्टी पनि पीडीएमा आवद्ध हुने भएको छ।
प्रतिक्रिया 4