+
+

कान्छी प्रधानमन्त्रीले दिइन् श्रीमानसँग डिभोर्सको निवेदन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २८ गते २१:२५

२८ वैशाख, काठमाडौं । फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिन र पति मार्कस रायकोनेनले सम्बन्धविच्छेदको निवेदन दिएका छन् ।

‘हामीले १९ वर्ष एकसाथ बितायौं र प्यारी छोरीको लागि आभारी छौं’, मारिनले बुधबार इन्स्टाग्राममा भनेकी छन् ।

यो दम्पतीले सन् २०२० मा विवाह गरेको थियो जतिबेला प्रधानमन्त्रीको रुपमा मारिनले कोभिड-१९ संकटविरुद्ध काम गरिरहेकी थिए । यो दम्पतीबाट सन्तानको रुपमा पाँच वर्षीया छोरी छन् ।

गत महिनाको आमचुनावमा उनको मध्य वामपन्थी दलले पराजय व्योहोरेपछि मारिन पद छाड्ने तयारीमा छिन् ।

इन्स्टाग्राममा पोस्ट गरिएको एक स्टोरीमा मारिनले आफू अहिले पनि रायकोनेनको मिल्ने साथी भएको उल्लेख गरेकी छन् । पेशाले रायकोनेन एक व्यापारी र पूर्व फुटबल खेलाडी हुन् ।

‘हामीले एक परिवारको रूपमा र एकअर्कासँग समय बिताउन कार्यलाई जारी राख्नेछौं’, उनले भनिन् ।

३७ वर्षीया मारिन सन् २०१९ मा पदभार ग्रहण गर्दा विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी थिइन् । तर पेटेरी ओर्पोको नेतृत्वमा रहेको राष्ट्रिय गठबन्धन पार्टी र रिक्का पुर्राको नेतृत्वमा रहेको दक्षिणपन्थी पपुलिस्ट फिनस पार्टीसँगको कडा प्रतिस्पर्धामा उनी पराजित भइन् ।

मारिनका लागि यो नराम्रो हार थियो । उनले आफ्नो दलको सिट १९.९ प्रतिशतले वृद्धि गरेपनि उनको गठबन्धन साझेदारहरूले ठूलो संख्यामा सिटहरू गुमाएका थिए ।

उनको सरकारले औपचारिक रूपमा राजीनामा दिएको छ तर नयाँ सरकार गठन र नियुक्ति नभएसम्म कामचलाउ रहनेछ । आगामी जुनसम्म नयाँ सरकार गठन भैसक्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?