
२९ वैशाख,काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै लघुवित्तका ऋणीहरुलाई सहुलियत प्रदान गरेको छ । शुक्रबार सार्वजनिक मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत कन्द्रीय बैंकले घुवित्त वित्तीय संस्थाका सदस्य ऋणीहरुलाई २०८० असार मसान्तभित्र कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने जनाएको छ ।
यस्तो ऋणको पुनर्संरचना र पुनर्तालिकीकरणको औचित्य र कारण भने ऋण प्रदायकले खुलाउनुपर्नेछ । वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले कर्जा चुक्ता गर्न परेको कठिनाइलाई सहजीकरण गर्न भन्दै यस्तो सुविधा दिइएको केन्द्रीय बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4