
२८ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) गणनामा २०८० पुस मसान्तसम्मका लागि लचकता अपनाएको छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै ऋणपत्रलाई २०८० पुस मसान्तसम्म सीडी रेसियोमा गणना गर्नसक्ने व्यवस्था गरेको छ । यसअघि २०८० असार मसान्तसमम्म मात्रै सीडी रेसियोमा गणना गर्नसक्ने व्यवस्था रहेकोमा ६ महिना अवधि थप गरेको हो ।
‘बैंक तथा वित्तीय संस्थाहरुबाट जारी भएका ऋणपत्रहरुलाई कर्जा–निक्षेप अनुपात गणना गर्ने प्रयोजनको लागि स्रोत (निक्षेप) को रुपमा समेत गणना गर्न पाउने विद्यमान व्यवस्थालाई २०८० पुस मसान्तसम्मका लागि निरन्तरता दिइएको छ’ राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामा भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4