
२९ वैशाख, काठमाडौं । नेकपा माओवादीनिकट जनवर्गीय संगठनहरुले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने भन्दै भएको ठगीमा संलग्नलाई कारबाहीको माग गरेर प्रदर्शन गरेका छन् ।
उनीहरूले शुक्रबार माइतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।
ऐक्यवद्धता तथा खबरदारी नाम दिएको प्रदर्शनमा सहभागीहरुले शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी खोइ भन्ने प्लेकार्ड पनि बोकेका थिए ।
पक्राउ पुर्जी जारी भएका रायमाझी अहिल सम्पर्क विहीन छन् । प्रहरीले खोजी गरिरहेको बताए पनि उनलाई पक्रन सकेको छैन ।
वाईसीएलको इन्चार्ज समेत रहेका माओवादीका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले सरकारले राम्रो काम गरिरहेकाले त्यसमा समर्थन र ऐक्यवद्धता जनाउन तथा भ्रष्टाचारीलाई कारबाही गर्न कुनै दवावमा सरकार नझुकोस् भनेर खबरदारी गर्नका निम्ति प्रदर्शन गरेको बताए ।
प्रदर्शनका तस्वीरहरू हेर्नुहोस् :
प्रतिक्रिया 4