२९ वैशाख, काठमाडौं । म्यानचेष्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्ड र चेल्सीकी सा केरले फुटबल राइटर्स एसोसिएसन अवार्ड जितेका छन् ।
फुटबल राइटर्स एसोसिएसन (एफडब्लुए) ले प्रदान गर्ने यस अवार्डमा हालान्ड पुरुषतर्फ र केर महिलातर्फ वर्षको उत्कृष्ट फुटबलर घोषिच भएका हुन् ।
नर्वेका हालान्डले यस सिजन उत्कृष्ट प्रदर्शन गर्दै सिटीका लागि ५१ गोल गरिसकेका छन् ।
जहाँ उनले ३५ गोल प्रिमियर लिगमा गरेका छन् र एकै सिजन लिगमा धेरै गोल गर्ने कीर्तिमान बनाइसकेका छन् ।
२२ वर्षीय हालान्डले ८२ प्रतिशत मत प्राप्त गरेका थिए । आर्सनलका बुकायो साका र कप्तान मार्टिन ओडेगार्ड क्कीर्ष तीनमा परेका थिए ।
अष्ट्रेलियाकी स्ट्राइकर साम केर लगतार यस अवार्ड जित्ने पहिलो खेलाडी बनेकी छन् । उनले यस सिजन चेल्सीका लागि ३४ खेलमा २६ गोल गरेकी छन् ।
प्रतिक्रिया 4